२०८२ मंसिर १८ गते
काठमाडौ । भारतले नेपालमा एक सय रुपैयाँ भन्दा माथिका भारतीय नोट चल्न स्विकृति दिएको छ । भारतीय रिजर्भ बैंकले नेपालमा ठुला दरका भारतीय नोटको प्रतिवन्ध हटाएको जानकारी राजपत्रमा सुचना प्रकाशित गरेर दिएको छ ।
यो प्रतिबन्ध भुटानमा पनि हटेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन २०१६ मा भारु ५ सय र हजारको नोट प्रतिबन्ध गरेका थिए । त्यसपछि २ हजारको नोट छाप्न शुरु गरेपनि २०२३ देखि उक्त नोट पनि छाप्न बन्द गरिएको छ । त्यसयता नेपालमा एक सय दरका नोटको कारोबार हुदै आएको थियो ।
भारत सरकारले लागू गरेको नोटबन्दीको कारण नेपालमा रहेको ५ करोड रुपैयाँ भन्दा बढी भारतीय रुपैयाँ कागजको खोस्टा सरह बनेको छ । भारतले ५०० र १००० दरका भारु नोटबन्दी गरेसँगै नेपालले आफूसँग रहेको भारु सटही गर्न पटकपटक भारत सरकारसँग आग्रह गरेपनि कुनै सुनुवाई भएन ।
बैकिंङ च्याननलभन्दा बाहिर ठुला दरका भारु नोट ठुलो परिणाममा रहेको अनुमान छ । राजस्व छली र कालोधन नियन्त्रण गर्ने भन्दै भारत सरकारले सन् २०१६ मा ५०० दरका र १००० दरका भारुको नोटबन्दीको निर्णय गरेको थियो ।
प्रतिक्रिया