इजराइल–हमास युद्ध : सर्वाधिक रक्तपातपूर्ण र विनाशकारी युद्ध

२०८० माघ ०१ गते

इजराइल–हमास युद्ध : सर्वाधिक रक्तपातपूर्ण र विनाशकारी युद्ध

जेरुसेलम । एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो ।

हमासले दक्षिणी इजराइलमा अक्टोबर ७ मा घातक आक्रमण गरेपछि युद्ध सुरु भएको हो । त्यसबेलादेखि इजराइलले लगातार गाजापट्टीमा हवाई र स्थल आक्रमण गरेको छ । युद्धले अभूतपूर्व विनाश भएको छ र सम्पूर्ण छिमेकी समतल बनाएको छ ।

Advertisement:

Ad
Ad

संयुक्त राष्ट्रसङ्घका अनुगमनकर्ताहरूका अनुसार इजराइली आक्रमणले गाजामा अधिकांश प्यालेस्टिनीहरूलाई विस्थापित गरेको छ भने गाजाका आधाभन्दा धेरै अस्पताल सञ्चालन बन्द भएको छ र ठूलो मात्रामा भोकमरी उत्पन्न गरेको छ ।

इजराइली सेनाले भीषण हिंसाबाट प्रभावित उत्तरमा कारबाहीलाई घटाएको बताएको छ तर दक्षिणमा उसले आफ्नो सम्पूर्ण शक्ति लगाएको छ । दक्षिण गाजामा हमासको नेता लुकेर बसेको इजराइली सेनाको भनाइ छ । यसैबीच युद्ध सुरु भएपछि लेबनानका हिजबुल्लाह मिलिसिया र इजराइल करिब प्रत्येक दिन सीमा पार झडपहरूमा संलग्न भएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजराइली अधिकारीहरूका साथै अन्तर्राष्ट्रिय पर्यवेक्षक र सहायता समूहहरूबाट प्राप्त इजराइल–हमास युद्धमा मारिनेहरूको सङ्ख्या प्रस्तुत गरिएको छ ।

कूल मृत्यु

  • गाजामा मारिएका प्यालेस्टिनीको सङ्ख्या : २३ हजार आठ सय ४३
  • इजराइलमा मारिएका मानिसको सङ्ख्या : एक हजारभन्दा धेरै
  • पश्चिम किनारमा मारिएका प्यालेस्टिनीको सङ्ख्या : तीन सय ४७
गैरसैनिक
  • गाजामा मारिएका सर्वसाधारण : युद्धमा मारिएका सर्वसाधारणको सङ्ख्या अज्ञात छ । मारिएका मानिसमा महिला तथा बालबालिकाकाको सङ्ख्या अनुमानित दुई तिहाइ छ ।
  • अक्टोबर ७ मा इजराइलमा मारिएका सर्वसाधारणको सङ्ख्या : सात सय ९०
  • गाजामा संयुक्त राष्ट्रसङ्घका कर्मचारी मारिएको सङ्ख्या : एक सय ४८
  • गाजामा स्वास्थ्यकर्मी मारिएको सङ्ख्या : कम्तीमा तीन सय ३७
  • गाजामा मारिएका पत्रकारको सङ्ख्या : ८२
सैनिक लडाकू
  • अक्टोबर ७ मा मारिएका इजराइली सैनिकको सङ्ख्या : तीन सय १४
  • इजराइलद्वारा मारिएका लडाकूको सङ्ख्या : आठ हजारभन्दा बढी
  • गाजामा स्थल कारबाहीमा मारिएका इजराइली सैनिकको सङ्ख्या : एक सय ८८
  • उत्तरी मोर्चामा मारिएका इजराइली सैनिकको सङ्ख्या स् नौ
  • गाजा र उत्तरमा मैत्रीपूर्ण गोलाबारी वा ‘दुर्घटनाहरू’ मा मारिएका इजराइली सैनिकको सङ्ख्या : २९
गाजामा विनाश र मानवीय स्थिति
  • गाजाको सम्भावित क्षतिग्रस्तरनष्ट भवनहरूको प्रतिशत : ४५ देखि ५६ प्रतिशत
  • गाजामा आंशिकरूपमा काम गरिरहेका अस्पताल : १५-३६
  • ‘विपत्तिजनक भोक र भोकमरी’ को सामना गरिरहेका प्यालेस्टिनी नागरिकको सङ्ख्या : पाँच लाख ७६ हजार छ सय (जनसङ्ख्याको २६ प्रतिशत)
  • गाजामा क्षतिग्रस्त स्कुल भवनहरूको प्रतिशत : ६९ प्रतिशतभन्दा बढी
  • क्षतिग्रस्त मस्जिद : एक सय ४२
  • क्षतिग्रस्त चर्च : तीन
  • क्षतिग्रस्त एम्बुलेन्स : एक सय २१
  • विद्यालयबाहिर विद्यार्थी : छ लाख २५ हजार (शत प्रतिशत)
घाइतेहरू
  • गाजामा घाइते प्यालेस्टिनीको सङ्ख्या : ६० हजार पाँच
  • पश्चिम किनारमा घाइते प्यालेस्टिनीको सङ्ख्या : चार हजारभन्दा धेरै
  • घाइते कूल इजराइलीको सङ्ख्या : १२ हजार चार सय १५
  • स्थल आक्रमणमा घाइते हुने इजराइली सैनिकको सङ्ख्या : एक हजार ८५
  • अक्टोबर ७ देखि अहिलेसम्म घाइते हुने इजराइली सैनिकको सङ्ख्या : दुई हजार चार सय ९६
विस्थापन
  • गाजामा विस्थापित प्यालेस्टिनीको सङ्ख्या : १९ लाख (गाजाको जनसङ्ख्याको ८५ प्रतिशत)
  • उत्तरी र दक्षिणी सीमा समुदायबाट विस्थापित इजराइलीको सङ्ख्या स् दुई लाख ४९ हजार दुई सय ६३ (जनसङ्ख्याको दुई दशमलव छ प्रतिशत)
बन्धक र कैदी
  • अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएकाको सङ्ख्या :करिब दुई सय ५०
  • रिहा गरिएका बन्धकको सङ्ख्या : एक सय २१
  • अक्टोबर ७ मा बन्धक बनाइएका पट्टीमा रहेकाको सङ्ख्या : एक सय ३२
  • (क) एक सय ११ पुरुष, १९ महिला र दुई बालबालिका
  • (ख) एक सय २१ इजराइली र ११ विदेशी
  • मारिएका वा हमासको कैदमा मारिएका बन्धकको सङ्ख्या : ३३
  • युद्धमा एक साताको विरामका क्रममा रिहा गरिएका प्यालेस्टिनी कैदीको सङ्ख्या : दुई सय ४०
हतियार
  • इजराइलका तर्फबाट प्रक्षेपित रकेटको सङ्ख्या : १४ हजार

रासस-एपी