सोमबार देखि मानव अधिकार महाभेला आयोजना हुुने

२०८२ मंसिर २१ गते

सोमबार देखि मानव अधिकार महाभेला आयोजना हुुने

ललितपुर। मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजको तर्फबाट सरकार र सम्बन्धित पक्षलाई जवाफदेही बनाउने उद्देश्यले नेपालमा १७ औं राष्ट्रिय मानव अधिकार महाभेला २०८२  आयोजना हुुँदैछ । 

 

Advertisement:

Ad
Ad

मानव अधिकार महाभेलाको संयोजन गरिरहेको संस्था मानव अधिकारका लागि एकल महिला समूहले आज ललितिपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगमा पत्रकार सम्मेलन गरी मंसिर २२ गतेदेखि २८ संचालन हुुने महाभेलामा लोकतन्त्र, मानवअधिकार, कानूनी शासन तथा अन्रपुस्ता न्यायको समर्थनलगायतका विषयमा छलफल हुुने जानकारी दिएको हो । 

 

पत्रकार सम्मेलनमा एकल महिला समूहकी अध्यक्ष एवम महाभेला संयोजक शोभा विसीले एक सय २५ वटा मानव अधिकारवादी संस्थाहरुको सहभागिता रहेको महाभेलाको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्ने जानकारी दिइन् । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले सप्ताहव्यापी रुपमा आयोजना गर्न लागिएको मानव अधिकार महाभेलामा जेनजी पुस्ताहरुलाई विशेष सहभागी गराइएको जानकारी गराए। 

 

दबाब र बलप्रयोगबाट नभइ शान्तिपूर्ण आन्दोलनमार्फत्  परिवर्तन गर्न सकिने ठाउँहरु भएकाले मानव अधिकार महाभेलामा सहभागिलाई अहिंसात्मक आन्दोलनबारे प्रशिक्षण दिने बताउदै आयोगका सचिव खरेलले संक्रमणकालीन न्यायलाई सहज निरुपण गर्न महाभेलाले सहयोग पुुर्याउने विचार व्यक्त गरे।  

मानव अधिकारकर्मी चरण प्रसाईँले नीतिनिर्माण तहमा युुवाहरुलाई पुर्याउन र उनीहरुलाई जवाफदेही मनाउन पनि भेला महत्वपूर्ण हुुने  बताए । 

युुवा पुस्ताको आन्दोलन र त्यसपछिका समयमा मानव अधिकार उल्लङ्घनका घटनाहरु बढ्दै गरेको परिपेक्षमा आयोजना गर्न लागिएको महाभेलामा युुवा पुस्तालाई मानव अधिकार र शान्तिपूर्ण आन्दोलनका बारेमा चेतना प्रदान गर्न पुस्तान्तरण विषयक संवा र छलफलललाई जोड दिइएको आयोजकले जनाएको छ ।