ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङ भन्छन:  'यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो'

२०८२ चैत १४ गते

ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङ भन्छन:  'यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो'

काठमाडौं । शुक्रबार मात्र बनेको सरकारले  पूर्व गृहमन्त्री रमेश लेखक र पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिसकेको छ ।

 

Advertisement:

Ad
Ad

जेनजी आन्दोलनको बेला बल प्रयोग गर्न लगाएर यूवाहरुको हत्या गरेको भन्दै गौरी बहादुर कार्की संयोजकको प्रतिवेदनले देखाएपछि त्यसको  कार्यान्वयन गर्न भन्दै गृह मन्त्री सुदन गुरुङले मन्त्री बन्ने बित्तिकै तत्काल एक्सन लिएका छन् । पूर्व मन्त्रीहरुको पक्राउपछि गुरुङले यो कसैप्रतिको प्रतिसोध नभएको बताएका छन् ।

 

उनले सामाजिक सञ्जाल फेसबुकका सहितको लास सँगको फोटो राख्दै लेखेका छन्, 'प्रमिस इज प्रमिसः कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।'
मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।