३ हजार पुगेको सेयर बजार  २९५८ विन्दुमा फर्कियो, साढे २६ अर्ब भन्दा बढीको सेयर कारोबार

२०८२ साउन ११ गते

३ हजार पुगेको सेयर बजार  २९५८ विन्दुमा फर्कियो, साढे २६ अर्ब भन्दा बढीको सेयर कारोबार

काठमाडौ । आइतबार (साउन ११) सेयर बजार तिब्र उतारचढावका विच घटेर बन्द भएको छ । बजार २३.९३ अंकले घटेर २९५८.७१ विन्दुमा अडिएको छ । नेप्से सुचकले ३ हजार विन्दु पार गरेपनि अन्तमा  ३ हजार भन्दा तल आएर कारोबार बन्द भएको हो ।

बजार खुल्दा (११ बजे) २९८४.११ विन्दु थियो भने १२ः५१ मा बजार ३०१३.१८ विन्दुसम्म पुग्यो । तर त्यो टिकाउँ भएन । २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको आजको बजारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समता घरेलु लघुवित्त वित्तिय संस्था, ट्रेड टावर र सान्भी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Advertisement:

Ad
Ad

३२३ कम्पनी सामेल भएको आजको कारोबारमा ५ करोड ८६ लाख ५३ हजार कित्ताभन्दा बढी सेयर खरिद बिक्रि भएको छ । आज सबैभन्दा बढी शिवम सिमेन्टको १ अर्ब भन्दा बढीको सेयर खरिदबिक्रि भएको छ । विकास बैंक, उत्पादन तथा प्रशोधन, म्यूचुअल फण्ड र अन्य समुह घटेका छन भने बाँकी सबै समुहमा बढोत्तरी छ ।