जो भ्रष्टाचार बिरुद्ध बोलिरहेको छ उसैलाई आरोप लगाउने ? म नैतिक आचरणमा बसेको मान्छे हुँ : गृहमन्त्री

२०८२ जेठ ३० गते

जो भ्रष्टाचार बिरुद्ध बोलिरहेको छ उसैलाई आरोप लगाउने ? म नैतिक आचरणमा बसेको मान्छे हुँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिषा प्रकरणमा आफू कुनै कोणबाट पनि नजिक नरहेको प्रतिक्रिया दिएका छन् । रास्वपा र राप्रपाको विरोधका बावजुद पेलेर खुलाइएको संसदमा शुक्रबार बोल्दै मन्त्री लेखकले आफू नैतिक आचरण र सदाचारमा प्रतिबद्ध रहेको प्रष्टिकरण दिँदै एउटा कर्मचारीलाई भ्रष्टाचारको आरोप लाग्दैमा मन्त्रीलाई राजीनामा मागिनु कदाचित मनाशिव नभएको बताए । 

 

Advertisement:

Ad
Ad

मन्त्री लेखकले अध्यागमनमा समस्या देखिएको र समाधानमा लागि परेको बताए । उनले आफ्नो कार्यकाल भन्दा अघिल्ला मन्त्रीका कार्यकालमा कसरी धेरै मानिसहरु भिजिट भिसामा गए भनेर प्रशन गर्न भ्याए । उनले भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका सहसचिव तीर्थराज भट्टराईमाथिको अनुसन्धान प्रभाव पार्ने गरी आफ्नो कुनै हस्तक्षेप नहुने प्रष्टिकरण दिए ।