२०८२ कात्तिक १७ गते
काठमाडौँ। लगातार दुई दिन उच्च अंकले बढेको नेप्से सोमबार भने ८.२४ अंकले घट्दै २६२२.८९ विन्दुमा झरेको छ। यस दिन कारोबार रकम पनि घटेको छ। आज ३३३ स्टकका ५४ हजार ८९२ पटकको कारोबारमा ६ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
सोमबार मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकका शेयर सकारात्मक सर्किटमा पुगेका छन् भने इष्टर्न हाइड्रोपावरको मूल्य भने १० प्रतिशतले घटेको छ।
सबैभन्दा बढी कारोबार हुनेमा शिवम् सिमेन्ट्स रह्यो जसको ३७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत क्रमशः दोस्रो र तेस्रो स्थानमा रह्यो।
आज १३ उपसमूहमध्ये ६ बढेका छन् भने अन्य ७ घटेका छन्। जलविद्युत र जीवन बीमा उपसमूहमा १.०५ प्रतिशत गिरावट आएको छ। व्यापार उपसमूह ०.९३ प्रतिशतले बढ्दै सबैभन्दा अगाडि रहँदा जलविद्युत र जीवन बीमा उपसमूह १.०५ प्रतिशतले घट्दै सबैभन्दा धेरै प्रभावित बने।
प्रतिक्रिया