नेप्समा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२०८२ साउन १२ गते

नेप्समा एकल अंकको गिरावट,  कारोबार रकम पनि घट्यो

काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्सेमा एकल अंकको गिरावट आएको छ। यस दिन नेप्से २.०७ अंकले घटेर २९६२.१३ अंकमा पुगेको छ। सोमबार नेप्सेमा ४ करोड ४१ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा १९ अर्ब ३२ करोड बराबर रकमको कारोबार भएको छ । 

यस दिन ९४ ओटा कम्पनीको शेयर बढेको छ भने बाँकि १५६ ओटा कम्पनीको शेयर घटेका छन्। यस दिन सर्वाधिक बढ्ने कम्पनीमा समता घरेलु लघुवित्त रह्यो जसको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। त्यसै गरी सर्वाधिक घट्ने कम्पनीमा विन्धवासिनी हाइड्रोपावर रह्यो जसको शेयर ८.४९ प्रतिशतले घटेको छ। 

Advertisement:

Ad
Ad

सोमबार सर्वाधिक रकमको कारोबार हुने कम्पनीमा शिवम सिमेन्ट रह्यो जसको ९२ करोड ५७ लाख बराबरको खरिद विक्री भएको छ।  त्यसै गरी भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा एचआइडीसीएलको प्रमोटर शेयर रह्यो जसको २२ लाख ६९ हजार शेयर खरिद विक्री भएको छ।