२०८२ चैत ११ गते
काठमाडौं । जेनजी आन्दोलनको सत्यतथ्य छानबिन गर्न गठित गौरी बहादुर कार्कीको संयोजकको आयोगको प्रतिवेदनले काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सिधै गोली हान्न आदेश नदिएको बताएको छ । सिडिओ रिजालको बयान जस्ताको तस्तै प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उल्लेखित बयानअनुसार छविलालले घुंडामुनि रबरको गोली हान्न आदेश दिएपनि सिधै गोली हान्न आदेश नदिएको बताएका छन् ।
उनले बयानमा भनेका छन्, 'विभिन्न ठाउँबाट मलाई धम्की आयो, म मरेको खबरहरु फैलाइयो । सिंहदरबारभित्रै छलफल गरिरहेको बेला त्यहाँ पनि सुरक्षित नदेखेपछि पौने २ बजेतिर नरसिंह दलगणमा गइ बसे ।'
यसैगरी सुरक्षाकर्मीलाई नै सुरक्षकर्मीको साथ सहयोग नभएको गुनासो प्रहरीहरुले गरेको रिजालले बयानमा भनेका छन् ।
प्रतिक्रिया