२०८३ वैशाख २५ गते
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका– १ बिलन्दी टोलमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई घर तथा घरभित्र रहेका सामान पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
शुक्रबार बिहान करिब ९ बजे स्थानीय दिवश बम्जनको काठले बनेको दुईतले घरको भान्सा कोठामा खाना पकाउने ग्यास सिलिन्डर लिक भई आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईका अनुसार आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि घर, लत्ताकपडा, अन्नपात, भाडाकुँडा, गरगहना तथा फर्निचर पूर्ण रुपमा जलेर नष्ट भएको छ। उनका अनुसार क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ ।
आगलागी इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनबाट खटिएको टोली तथा श्री कालीध्वज गण पाँचकुमारी ब्यारेकबाट दमकलसहित खटिएको संयुक्त टोली र स्थानीयवासीको सहयोगमा बिहान ९ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया