२०८२ चैत २९ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा सरेको छ । अब २०८३ वैशाख २१ र २२ गते हुने भएको छ ।
शुक्रबारको महासंघ पदाधिकारीको बैठकले साधारणसभा सार्ने निर्णय गरेको हो । आज देखि हुने भनिएको (चैत २९÷३०) साधारणसभाउच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको हो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ लगायतले महासंघको साधारणसभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार महासंघलाई साधारणसभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
प्रतिक्रिया