एकैदिन तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको भाउ,कति पुग्यो ?

२०८१ साउन १६ गते

एकैदिन तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको भाउ,कति पुग्यो ?

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा १८ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४७ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख ४६ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

Advertisement:

Ad
Ad

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १७ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १७ सय ४० रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ४१६.८९ डलरमा र चाँदी प्रतिऔंस २८.५७ डलरमा कारोबार भइरहेको छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।