२०८१ असार २७ गते
काठमाडौँ । साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से २९.२१ अंकले बढेर २२०४.६१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.३४ प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ११ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य दुई उपसमूहको परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्नेमा जीवन बीमा उपसमूह रह्यो जसको परिसूचक ३.०६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ०.५३ प्रतिशतले घटेको छ ।
नेप्से बढेसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३३१ वटा स्टकको ८७ हजार ८६ पटकको कारोबारमा ७ अर्ब ८० करोड रुपैयाँ बराबरको दुई करोड २ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १५४ वटा कम्पनी बढेका छन् भने ७८ वटा कम्पनी घटेका छन् । यसैगरी १२ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा बलेफी हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा समाज लघुवित्त रह्यो जसको शेयर ५.५९ प्रतिशतले घटेको छ ।
बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइड्रो पावर रह्यो जसको १५ करोड ८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा ग्लोबल आइएमइको प्रमोटर शेयर रह्यो जसको १४ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया