२०८१ असोज ०३ गते
काठमाडौँ । आजबाट धरहरा सर्वसाधारणका लागि खुला भएको छ । संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो ।
संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन। धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
काठमाडौँको कमलादीस्थित स्काई टावरबाट खिचिएको विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि निर्माण गरिएको सुन्धारामा अवस्थित धरहरा । तस्बिर: विमलबहादुर बिष्ट/रासस
धरहरा खुला भएसँगै धरहरा चढ्न आएका सर्वसाधारणहरूको भीड लागेको छ ।
अहिले धरहरा चढ्न कुनै शुल्क भने लाग्ने छैन । अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया