२०८२ चैत ०२ गते
काठमाडौं । नेपाल राष्ट्र बैंक यति बेला डेपुटी गभर्नर बिहिन छ । २०७७ साल फागुन २५ गते नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र डेपुटी गभर्नरमा नियूक्त भएका थिए । उनीहरुको पाँच बर्षे कार्यकाल सकिएसँगै अहिले यो पद रिक्त छ । नयाँ सरकार बनि नसकेको अवस्थामा यसको नियूक्ति नै अन्यौलमा परेको छ ।
विशेषगरी रास्वपाले स्पष्ट बहुमत पाएकाले उसकै सरकार बन्ने निश्चित छ । यसकारण पनि अहिलेका अर्थमन्त्री रामेश्वर खनालले डेपुटी गभर्नर नियूक्तिमा आगामी सरकारकै भर परेको देखिन्छ । अर्थमन्त्रालय स्रोतका अनुसार डेपुटी गभर्नर पद रिक्त हुने वित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेलाई जानकारी गराइएको थियो तर उनले अहिले यसलाई छोडदिनुस पछि कुरा गरौला भनेपछि डेपुटी गभर्नर पद नियुक्तिमा ढिलाई भएको हो ।
स्रोत भन्छ, राष्ट्र बैंकमा गभर्नरको भन्दा बढी जिम्मेवारी डेपुटीको हुन्छ, अहिले कामै प्रभावित भएको छ । यसकारण पनि बाग्लेलाई फोन गरेर के गर्ने हो भनेका थियाँै तर उहाँले म पछि कुरा गरौला भन्नुभयो अहिलेसम्म कलब्याक आएको छैन ।
‘डा. बाग्लेलाई रास्वपाले घोषणापत्र सार्वजनिक गर्दाको बखत नै अर्थमन्त्रीको रुपमा अघि सारेको थियो । यसकारण पनि वर्तमान सरकारका अर्थमन्त्रीले उहाँलाई जानकारी गराएको हुनसक्छ । तर वाग्लेले यस विषयलाई महत्वनै नदिएको जस्तो देखिन्छ’, स्रोत भन्छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुमध्ये गभर्नर विश्व पौडेलले कार्यक्षमताका आधारमा नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् । यी सबै डेपुटी गभर्नरको लाइनमा छन् । यद्यपि अधिकांशको २/३ वर्षपछि अवकाश हुने समय छ ।
प्रतिक्रिया