२०८३ साउन ०६ गते
काठमाडौं । शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरीले बुधबार व्यवसायी अग्रवाललाई पक्राउ गरेको हो ।
बैंकबाट उद्योगका लागि लिएको करोडौं कर्जा व्यक्तिगत स्वार्थ र सेयर लगानीमा दुरुपयोग गरेको अभियोगमा उच्च अदालत पाटनमा शंकरसहित उनका छोराहरू सुलभ र साहिल तथा दीपक भट्टविरुद्ध गत जेठ २८ गते मुद्दा दायर गरिएको थियो ।
उनलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग गरिएको छ । जगदम्बा स्टिल्सले विभिन्न बैंकहरूबाट औद्योगिक प्रयोजनका लागि लिएको ‘वर्किङ क्यापिटल लोन’ ९चालु पुँजी कर्जा० लाई गलत लिखत खडा गरी दुरुपयोग गरिएको अनुसन्धानबाट खुलेको थियो ।
उनी फरार थिए ।
प्रतिक्रिया