२०८३ वैशाख १५ गते
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
समग्रमा बैंकहरुको औषत नाफा १९.३० प्रतिशतले बढेको छ । बैंकहरुको विवरण अनुसार १३ वटा बैंकको नाफा बढेको छ भने ७ वटा बैंकको नाफा घटेको छ । २० वटै बैंकहरुको नाफा जोड्दा ४९ अर्ब २१ करोड २२ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा गरेका थिए ।
बैंकहरुको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफामा सबैभन्दा अगाडी नबिल बैंक छ । नबिल बैंकले चैत मसान्तसम्म ६ अर्ब ७६ करोड बढी नाफा गरेको छ । जुन यसै अवधिको तुलनामा ३३.९२ प्रतिशतले बढेको हो । नाफा बृद्धिदरमा भने कुमारी बैंक अगाडी छ । कुमारीले नाफामा छलाङ मारेको छ । यसको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३६१.७६ प्रतिशतले बढेको छ । यो सँगै चैत मसान्तसम्म कुमारीले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ रहेको छ । गत वर्ष यसैअवधिमा २८ करोड ५८ लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि १२९.३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड बढी पुगेको छ । माछापुछ्रेको १ अर्ब ६५ करोड, सानिमाको २ अर्ब ३५ करोड, प्राइम कमर्सियलको ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । सिटिजन्सको १ अर्ब ३ करोड रुपैयाँ, लक्ष्मी सनराइजको २ अर्ब ३ करोड रुपैयाँ नाफा रहेको छ । यस्तै नेपाल एसबिआई १ अर्ब ४६ करोड रुपैयाँ, सिद्धार्थको २ अर्ब १ करोड, एनएमबीको २ अर्ब ६८ करोड र नेपाल बैंक २ अर्ब ७९ करोड नाफा रहेको छ ।
प्रभु बैंकको नाफामा सबैभन्दा बढी गिरावट
नाफामा सबैभन्दा बढी गिरावट प्रभु बैंकको रहेको छ । प्रभुको नाफा ५४.६१ प्रतिशतले घटेको छ । ८५ करोड १५ लाख रुपैयाँ मात्र नाफा कमाएको प्रभुको गत आवको यसै अवधिमा १ अर्ब माथि नाफा थियो । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोडमा झरेको छ । गत आवको चैत मसान्तसम्ममा यस बैंकले ४ अर्ब ५४ करोड माथि नाफा गरेको थियो ।
कृषि विकास बैंकको नाफा २४.४२ प्रतिशतले घटेर १ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ । एनआइशि एशिया बैंकको नाफा १४ करोडमा झरेको छ । स्ट्याण्डर्ड चार्टड, एभरेष्ट र ग्लोबल आइएमइ बैंकको नाफा पनि घटेको छ ।
प्रतिक्रिया