छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

२०८२ पुस ०१ गते

छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड (CBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

घोषित लाभांशमध्ये १२.५ प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनार्थसहित १२.५ प्रतिशत नगद लाभांश रहेको छ।

Advertisement:

Ad
Ad

मंसिर २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ।