२०८० माघ ०८ गते
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।
१६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ । यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।
यस पटक एसइईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका छन्। यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागू हुँदैछ। जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन्।
दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ। कक्षा १२ मा गत दुई वर्षदेखि नै उक्त प्रणालीअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ। २०७६ देखि विद्यालय तह कक्षा १-१२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्यांकनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो।
प्रतिक्रिया