२०८२ फागुन ०७ गते
काठमाडौं । विभिन्न राजनीतिक दलहरुले विभिन्न नाम दिएर दलको घोषणापत्र सार्वजनिक गरिरहेका छन् । सबै घोषणापत्रमा आस्वासनका चाङ देखिएको छ ।
यसैक्रममा विहिबार नेपाली कांग्रेसले आफ्नो सरकार बने वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गर्दै आफ्नो प्रतिज्ञा जाहेर गरेको छ । अहिले ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने घोषणा थापाले गरे ।
कांग्रेस सभापति गगन थापाले ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा यस्तो घोषणा गरेका हुन् ।नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया