बैंकहरुबाट एक खर्ब रुपैयाँ उठाउदै केन्द्रिय बैंक

२०८३ साउन ०६ गते

बैंकहरुबाट एक खर्ब रुपैयाँ उठाउदै केन्द्रिय बैंक

काठमाडौंँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ उठाउदैछ । केन्द्रिय बैंकले आज (बुधबार, साउन ६) निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउँन लागेको हो ।

 

Advertisement:

Ad
Ad

यो रकमको साँवा व्याज भुक्तानी ८३ दिनपछि हुनेछ । निक्षेप राख्न चाहने बैंक तथा वित्तिय संस्थाले आज दिउसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बिडिङ गर्न सक्नेछन् । 

 

१० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बिडिङ गर्न सकिनेछ । यो निक्षेपलाई बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिन छे । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

 

 निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

 

 निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।  समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रो राटाको आधारमा  बाँडफाँड गरिनेछ ।

 

बैकिङ प्रणालीको तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले पटक पटक विभिन्न उपकरण मार्फत तरलता प्रशोचन गरिरहेको छ ।