बजेटमा वृद्धभत्ता पाउने उमेर २ वर्ष बढाइँदैे, एक वर्षभित्र लागू गरिने

२०८२ जेठ ११ गते

बजेटमा वृद्धभत्ता पाउने उमेर २ वर्ष बढाइँदैे, एक वर्षभित्र लागू गरिने

काठमाडौँ । सरकारले बढ्दो सामाजिक सुरक्षा भत्ताको दायित्व थेग्न नसकिने निष्कर्ष निकाल्दै अब वृद्धभत्ता अर्थात ज्येष्ठ नागरिक भत्ता पाउने उमेर सीमा ७० वर्ष कायम गर्ने निर्णय गरेको छ। यस अघि ६८ वर्ष नाघेका ज्येष्ठ नागरिक वृद्ध भत्ता पाउन योग्य हुने नियम थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले लाकप्रियताको लागि भत्ता पाउन ७० बाट घटाएर ६८ उमेर हद कायम गरेको थियो । 

त्यस्तै सरकारले गठन गरेको आर्थिक सुधार सुझाव कार्यदल उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ ले पनि सरकारलाई स्रोतको सिमितता र आर्थिक बोझ कम गर्न ज्येष्ठ नागरिक भत्ताको उमेर हद ७० वर्ष कायम गर्न सुझाएको थियो । सोही सिफारिसका आधारमा पनि सरकारले आगामी बजेटबाट लागू गराउने र यसका लागि तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी गरेको छ । 

Advertisement:

Ad
Ad

त्यस्तै, कार्ययोजनामा उल्लेख अनुसार अबदेखि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने व्यवस्था पनि लागू हुनेछ।