बजेटलाई पनि पत्याएन सेयर बजारले, नीतिगत सहजतामा पनि किन छैन उत्साह ?

२०८२ जेठ २० गते

बजेटलाई पनि पत्याएन सेयर बजारले, नीतिगत सहजतामा पनि किन छैन उत्साह ?

काठमाडौ । नयाँ गभर्नर नियुक्ति लगत्तै भएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले शेयरबजार मैत्री नीति लिएपनि बजारले खासै उत्साह देखाएन । त्यतिबेला नयाँ बजेट कस्तो आउने  हो भन्ने अन्यौलमा लगानीकर्ता भएकाले बजार नबढेको चर्चा भयो । तर अहिले बजेट बनिसकेको अवस्थामा पनि लगानीकर्तामा विश्वास नदेखिएको मंगलबारको बजारले प्रष्ट पारेको छ ।

बजेटले सेयर बजारमा नकारात्मक असर गर्ने गरी कुनै पनि नीतिगत व्यवस्था गरेको छैन । तैपनि बजारमा उत्साह छैन । आज नेप्से सूचक ३५.०७ विन्दुले घटेको सूचक २६५९.५९ अंकमा अडिएको छ । आज ६ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

Advertisement:

Ad
Ad

यसअघिको तीन कारोबार दिन बजार बढेपनि कारोबार रकममा उत्साह  देखिएको थिएन । आज पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज वाणिज्य बैंक समूहको सूचक घट्दा समग्र सूचक बढी प्रभावित भएको देखिन्छ ।