भासिएर अवरुद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आयो

२०८१ असोज २० गते

भासिएर अवरुद्ध दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आयो

काठमाडौँ । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका- ४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

Advertisement:

Ad
Ad

शनिबार बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइए पनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।