बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

२०८२ चैत ११ गते

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । आज दिउँसो ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल हुनेछ । यसको साँवा ब्याज भुक्तानी बैशाख २ गते हुनेछ ।

२१ दिनको लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तान्न लागिएको यस रकममा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेषभाग जाने गरी कुल आह्वान रकमसम्म आव्हान गर्न सकिनेछ । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

Advertisement:

Ad
Ad

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।