२०८३ सालमा बैंकहरुलाई शनिबार बाहेक ४० दिन सार्वजनिक विदा

२०८२ चैत १० गते

२०८३ सालमा बैंकहरुलाई शनिबार बाहेक ४० दिन सार्वजनिक विदा

काठमाडौं । बैंक तथा वित्तिय संस्थाले २०८३ मा ४० दिन सार्वजनिक विदा पाउने भएका छन् । यसमा होलिमा एक दिन तराई र एक दिन पहाडी भेगमा विदा हुनेछ भने हरितालिका तिजमा महिलालाई मात्र बिदा हुनेछ । 

यस्तै तमू ल्होसार र दुरा म्है नकुमा मा देशभरका दुरा समुदायका लागि मात्र विदा हुनेछ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा अपाङ्गता भएका कर्मचारीको लागि मात्र विदा हुनेछ भने फाल्गुनन्द जयन्तीमा किराँत धर्मावलम्बी कर्मचारीहरुको लागि मात्र विदा हुनेछ । इन्द्रजात्रामा काठमाडौं उपत्यकालाई मात्र विदा हुनेछ । यसबाहेक बाकी रहेको विदा सबै कर्मचारीका लागि हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Advertisement:

Ad
Ad

यस विदा बाहेक इद उल फित्र, इद उल अजाहमा पनि कर्मचारीले विदा पाउनेछन । यसैगरी  सिरुवा पावनीको दिन सो पर्व मनाउने झापा, मोरङ्ग, सुनसरी, सिरहा र सप्तरी जिल्लाहरुमा विदा हुनेछ । मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीका लागि मात्र र गुरु नानक जयन्तीमा शिख धर्मावलम्बीका लागि मात्र विदा हुनेछ ।