२०८३ साउन ०५ गते
काठमाडौं । करिब दुई तिहाइको जनमत पाएको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको कुनै पनि निर्णयले जनतालाई अप्ठेरो हुने निर्णय आए त्यसलाई सुधार्न तयार रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नागरिकस्तरबाटै विरोध भइरहेको शिक्षा र स्वास्थ्य समता शुल्कलाई खारेज गरेको जानकारी गराएका छन् ।
उनले भनेका छन्, 'सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।'
जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकारको उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेको पनि प्रधानमन्त्री बालेनले स्पष्ट पारेका छन् ।
प्रतिक्रिया