वैदेशिक रोजगार बोर्डको प्रगति प्रतिवेदन : रोजगारीमा गएका ११८० को शव आफन्तलाई जिम्मा,३९९० श्रमिक सन्तानलाई छात्रवृत्ति

२०८२ साउन १५ गते

वैदेशिक रोजगार बोर्डको प्रगति प्रतिवेदन : रोजगारीमा गएका ११८० को शव आफन्तलाई जिम्मा,३९९० श्रमिक सन्तानलाई छात्रवृत्ति

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमार्फत बोर्डका कार्यकारी निर्देशक डा। द्वारिका उप्रेतीले विभिन्न कल्याणकारी कार्यक्रमबारे जानकारी दिए।

 

Advertisement:

Ad
Ad

गत वर्ष १,१८० जना मृतकको शव नेपाल ल्याई घरसम्म पु(याइएको छ भने १,२५० जना मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ। ६९८ अंगभंग श्रमिक, २७५ श्रमिकका परिवारलाई स्वास्थ्य सहयोग, र ३,९९० श्रमिक सन्तानलाई छात्रवृत्ति दिइएको छ। साथै, ७० वटा अलपत्र शव ल्याइएको र एक जना अलपत्र श्रमिकको उद्धार गरिएको छ।

 

बोर्डले १४,४५८ युवालाई सीपमूलक तालिम दिएको छ। श्रमाधान कल सेन्टर, टेलिमेडिसिन सेवा, र सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन भएको बोर्डले दाबी गरेको छ ।चालु आर्थिक वर्ष २०८२/८३ मा बोर्डले ‘रिटर्नी उद्यमी आइडल’, सांसद अभिमुखीकरण, पत्रकार पुरस्कारजस्ता कार्यक्रम ल्याउने जनाएको छ। दुईवटा नयाँ विद्युतीय शववाहन खरिदको योजना पनि अघि सारेको छ।

 

उप्रेतीले केही आलोचना स्वाभाविक भए पनि बोर्ड ऐनअनुसार श्रमिक र व्यवसायी दुवैको हितमा काम गरिरहेको प्रस्ट पारे। साथै, पूर्वप्रस्थान तालिमको पाठ्यक्रम अद्यावधिक गर्न सुझाव संकलन भइरहेको बताए।