बागलुङमा घर र गोठ पुरिँदा तीन जना बेपत्ता

२०८१ साउन २२ गते

बागलुङमा घर र गोठ पुरिँदा तीन जना बेपत्ता

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका– १० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका छन् ।

Advertisement:

Ad
Ad

घटनास्थल पुग्ने सडक अवरुद्ध भएको तथा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।

केही क्षणमा प्रहरी घटनास्थलतर्फ पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताए ।