२०८१ माघ १८ गते
काठमाडौं । जगाती हिरासतमा रहेकी आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आफूलाई सामाजिक अभियन्ता बताउने तामाङलाई बर्दीमा रहेको प्रहरीमाथि गालीगलौजमा उत्रिएको आरोपमा २ साता अघि पक्राउ गरिएको थियो । त्यसपछि भक्तपुरमा अवस्थित साँगाको झोलुंगे पुल सञ्चालन सम्वन्धमा स्थानीयमाथि गाली गलौज गरेको आरोपमा भक्तपुर जगाती प्रहरीले उनलाई थुनामा राखेको थियो ।
भक्तपुर प्रहरीका अनुसार तामाङले धरौटी बुझाउने काम गरे लगत्तैै रिहा गर्ने जनाएको छ ।
प्रतिक्रिया