२०८१ जेठ १५ गते
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२का लागि कूल १८खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेको छ ।
चालुतर्फ ११ खर्ब ४०अर्ब ६६ करोड बिनियोजन गरिएको छ ६१दशमलव ३ प्रतिशत भने पूँजिगत तर्फ ३ खर्ब ५२ अर्ब ३५करोड बिनियोजन गरिएको छ । वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ६६ अर्ब १८ करोड रहेको छ । प्रदेश र स्थानीय तहका लागि ४ खर्ब ८ अर्ब ८७ करोड बिनियोजन गरेको छ ।
यो बजेट शुरुको बिनियोजन बजेट भन्दा २१ प्रतिशतले बढी हो भने संशोधित अनुमानको ६ दशमलव २ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब बराबरको बजेट ल्याएको थियो ।

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2024/05/1716896457_Budget-Speech-2081-82.pdf" title="1716896457_Budget Speech 2081-82"]
प्रतिक्रिया