अन्तिम श्रद्धाञ्जलीका लागि गायक वैद्यको पार्थिव शरीर संगीत प्रतिष्ठानमा, आजै अन्त्येष्टि गरिने

२०८० माघ ०५ गते

अन्तिम श्रद्धाञ्जलीका लागि गायक वैद्यको पार्थिव शरीर संगीत प्रतिष्ठानमा, आजै अन्त्येष्टि गरिने

काठमाडौँ । दिवंगत गायक योगेश वैद्यको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । वैद्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि १ घण्टा प्रतिष्ठानमा राखिने संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।

अग्रज गायक वैद्यको बिहीवार राति ७७ वर्षको उमेरमा निधन भएको हो । ‘सपना भुलाई सारा..।’ लगायत थुप्रै लोकप्रिय गीतका गायक उनी लामो समयदेखि मिर्गौला र मधुमेहको रोगबाट पीडित थिए ।

Advertisement:

Ad
Ad

उनको आजै नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दियो । वैद्यको निधनमा संगीतकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।