२०८३ साउन २४ गते
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा एक खर्ब उठाउँने तालिका सार्वजनिक गरेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार साउन, भदौ र असोजमा गरी कुल एक खर्ब ऋण उठाउँन लागेको हो ।
जस अन्र्तगत विकास ऋणपत्रमार्फत ९० अर्ब र ट्रेजरी बिलबाट १० अर्ब रुपैयाँ उठाउँनेछ । ट्रेजरी बिल ९१ दिने र १८२ दिने गरी २ पटक जारी हुनेछ । यो असोजमै जारी हुने तालिका छ । यस्तै साउन, भदौ र असोजमा गरी ९ पटा विकास ऋणपत्र जारी हुनेछ । साउन २१ गते १० अर्बको विकास ऋपत्र जारी भइसकेको छ भने अब २८ गते फेरी १० अर्बको विकास ऋणपत्र जारी हुदैछ ।
यस्तै कातिक, मंसिर र पुषमा ८० अर्बको विकास ऋणपत्र, १० अर्बको ट्रेजरी विल, २ अर्ब ५० करोडको नागरिक बचत पत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र जारी गर्दैछ । दोस्रो त्रैमासमा विभिन्न उपकरणमार्फत ९३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइदैछ । यस्तै तेस्रो त्रैमासमा (माग, फागुन र चैत) १ खर्ब २० अर्ब र चौथो त्रैमासमा (बैशाख, जेठ र असार) ९७ अर्ब रुपैयाँ आन्तरिक ऋण सरकारले उठाउँने छ ।
चालु आर्थिक वर्ष ४ खर्ब १० अर्ब आन्तरिक ऋण परिचान गर्ने लक्ष्य सरकारले लिएको छ ।
प्रतिक्रिया