२०८२ असोज १३ गते
काठमाडौ । जेनजी आन्दोलनमा विध्वंस मच्चाउनलोई पनि कारबाही नगर्ने गृहमन्त्रालयको सुचना पछि व्यापारी व्यवसायी रुष्ट बनेका छन् । उद्योग संगठन मोरङले विज्ञप्ति जारी गर्दै सरकारको तर्फबाट गृहमन्त्रालयले कारबाही अघि नबढाउँने भनेर जारी गरेको विज्ञप्ति प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यवाहक अध्यक्ष भोलेश्वर दुलालले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन, 'कानुनी राज्यमा दण्डहिनता मौलाउँनु किमार्थ स्विकार्य छैन । कानुनी शासनको प्रत्याभुती, धनजनको सुरक्षा र विश्वसनीय वाताबरण सृजना गर्न गैरकानुनी कार्यमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।'
असोज ९ गते गृहले मानविय र भौतिक क्षतिको लागि जाँचबुझ आयोग गठन गरिएकाले आयोगको प्रतिवेदन प्राप्त नइन्जेल कारबाही नगर्ने सुचना जारी गरेको थियो ।
प्रतिक्रिया