आजबाट आइपिओ बिक्रिमा ल्याएको सान्भि इनर्जी कस्तो खालको कम्पनी हो ?

२०८२ जेठ ०९ गते

आजबाट आइपिओ बिक्रिमा ल्याएको सान्भि इनर्जी कस्तो खालको कम्पनी हो ?

काठमाडौ । सान्भि इनर्जी लिमिटेडको आज (जेठ ९ गते शुक्रबार) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुलाएको छ । कम्पनीले एक कित्ताको  १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर बिक्रिमा ल्याएको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । सर्वसाधारणको यस आइपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा जेठ २३ गतेसम्म आवेदन दिन पाइनेछ । यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन पाइनेछ ।

Advertisement:

Ad
Ad

केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।  यस कम्पनीले चालु आर्थिक वर्ष ९.५३ रुपैयाँ प्रतिसेयर आम्दानी हुने प्रक्षेपण गरेको छ ।

यस्तो आम्दानी लगातार बढेर आगामी २ वर्षमा ११.०६ रुपैयाँ पुग्ने अनुमान छ । चालु आर्थिक बर्षको पुसमसान्तसम्म भने यसको प्रतिसेयर आम्दानी ३.८१ रुपैयाँ रहेको छ । पुस मसान्तसम्म यसको रिन्टेन्ड अर्निङ १२ करोड १२ लाख ५९ हजार रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४.२ रुपैयाँ रहेको छ ।