२०८२ पुस २६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीचको एकता प्रयास औपचारिक रूपमा टुटेको छ। राजनीतिक सिद्धान्त, शक्ति बाँडफाँट र निर्वाचन रणनीतिमा सहमति नजुटेपछि रास्वपाले उनेपासँगको सहमति अनुमोदन नगर्ने निर्णय गरेको हो।
शनिबार बसेको रास्वपाको आकस्मिक सचिवालय बैठकमा सभापति रवि लामिछानेले कुलमान घिसिङ पक्षबाट आएका नयाँ मागहरूबारे ब्रिफिङ गरेका थिए। ‘निरन्तर नयाँ प्रस्ताव र भागबन्डाका माग आएपछि प्रक्रिया अघि बढ्न सकेन,’ लामिछानेको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ। उनेपाले आजै केन्द्रीय समिति बैठक र पत्रकार सम्मेलनमार्फत आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रतिक्रिया