कोही प्रवक्ता बन्न पर्दैन,विद्याजीलाई राजनीतिमा आउन हुने नहुनेबारे मैले केही सुझाव दिइसकेको छु : अध्यक्ष ओली

२०८२ साउन ०५ गते

कोही प्रवक्ता बन्न पर्दैन,विद्याजीलाई राजनीतिमा आउन हुने नहुनेबारे मैले केही सुझाव दिइसकेको छु : अध्यक्ष ओली

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भएका कुराकानीलाई निकै ठूलो बनाइएको बताएका छन् । पार्टी कार्यालय च्यासलमा आज भएको पोलिटब्यूरो बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रवक्ता बनेर नआउन समेत सुझाव दिएका छन् । 

 

Advertisement:

Ad
Ad

 ‘पूर्वराष्ट्रपति र प्रम भेट्दा किन ठूलो कुरा गर्नु पर्छ ?’ उनको भनाइ छ, ‘कोही उहाँको प्रवक्ता बन्नु भएको छ, किन पर्‍यो त्यो ?’

 

अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा आउने नआउनेबारे सुझाव दिएको र मान्ने नमान्ने उहाँको निर्णायक हुने तर्क गरे । 'भेटका क्रममा मैले उहाँलाई केही सुझाव दिएको छु, हेरौँ केही भनिसक्नु भएको छैन,'उनले भने ।