हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

२०८२ पुस १३ गते

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ।  हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (HEI) ले लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Advertisement:

Ad
Ad

पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय पारित गरेको कम्पनीले जनाएको छ।

नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण गरिनेछ।