२०८२ साउन १८ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्सेमा भारी अंकको गिरावट आएको छ। यस दिन नेप्से ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा पुगेको छ। आज नेप्सेमा तीन करोड २२ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा १३ अर्ब सात करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन नेप्सेका १३ उपसमूह मध्य १३ ओटै उपसमूहका परिसूचक घटेका छन्। आज सर्वाधिक घट्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक ३. ४८ प्रतिशतले घटेको छ।
यस दिन दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार ट्रेड टावर र शिव श्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ। त्यसै गरी सान्भि इनर्जीकाे शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन सर्वाधिक कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ। यस दिन उक्त कम्पनीको ७५ करोड ३९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
प्रतिक्रिया