२०८२ फागुन १७ गते
आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा बन्द भएको छ । नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब १७ करोड रुपैयाँ बराबरको किनबेच भएकोमा यस दिन भने कारोबार रकम बढेर ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ पुगेको छ।
आइतबार सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्स को शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन सर्वाधिक घट्नेमा हिम्स्टार पावर कम्पनी रह्यो जसको शेयरमा ४.१६ अंकको गिरावट आएको छ।
कारोबार रकम को आधारमा राधी विद्युत कम्पनी रह्यो जसको सर्वाधिक ३६ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्सेका सबै १३ उपसमूहका परिसूचक हरियालीमा बन्द भएका छन्, जसमध्ये वित्त उपसमूह सर्वाधिक २.२२ प्रतिशतले बढेको छ।
प्रतिक्रिया