उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न गृहमन्त्रालयको रोक

२०८२ फागुन ०९ गते

उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न गृहमन्त्रालयको रोक

काठमाडौँ । गृह मन्त्रालयमा बिहीबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाउने निर्णय गरेको छ । 

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाइएको मन्त्रालयले जनाएको छ । ‘रुट टप गाडी’मा उभिएर प्रचार गर्दा उम्मेदवारलाई नै जोखिम हुन सक्ने भन्दै यो निर्णय लिइएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह, सभापति रवि लामिछानेसहितका नेताहरूले यस्ता सवारीसाधन प्रयोग गरिरहेका छन् । 

Advertisement:

Ad
Ad

तर, सुरक्षा निकायले त्यस्तो गाडीको प्रयोग सुरक्षा दृष्टिकोणले चुनौतीपूर्ण हुनसक्ने निष्कर्ष निकाल्दै प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव सुरक्षा समिति बैठकमा गरेका थिए ।