यस्तो छ उद्योग वाणिज्य महासंघमा वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरे टिम

२०८२ चैत ०९ गते

यस्तो छ उद्योग वाणिज्य महासंघमा वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरे टिम

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) को आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा गरेको छ ।घोषणा अनुसार, वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला÷नगरतर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।


महासंघको ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन आगामी चैत २९ र ३० गते आयोजना हुने कार्यक्रम रहेको छ । उक्त निर्वाचनलाई लक्षित गर्दै विभिन्न समूहहरूले आफ्नो नेतृत्व टिम सार्वजनिक गर्ने क्रम जारी रहेको छ ।

Advertisement:

Ad
Ad