जगाती नाका भएर भित्रिने तरकारी तथा फलफूलको विषादी चेकजाँच

२०८२ पुस ०१ गते

जगाती नाका भएर भित्रिने तरकारी तथा फलफूलको विषादी चेकजाँच

काठमाडौँ । जगाती नाका भएर उपत्यका भित्रिने तरकारी तथा फलफूलको विषादी चेकजाँच भएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले  मंसिर २६ गते रातिदेखि २७ गते बिहान ४स्०० बजेसम्म जगाती नाका भई भित्रिएर काठमाडौंका विभिन्न फलफूल तथा तरकारी बजारमा बिक्री वितरण हुने कुल ९ वटा सवारी साधनबाट फलफूल तथा ताजा तरकारीको नमुना संकलन गरेको थियो । संकलित नमूनालाई मोबाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गर्दा खानयोग्य पाइएको विभागले जनाएको छ । 


विभागले पाँचखाल, काभ्रे,रामेछाप, दोलखा र रोशी लगायतका स्थानबाट भित्रिएका टमाटर, सुन्तला, फर्सी,हलुवाबेद, हरियो मटर कोसा, स्कुस, धनियाँ, रायो साग र आलुको नमूना कालीमाटी, जडिवुटि,ग्वार्को, वानेश्वर,बागबजार र बल्खु फलफूल तथा तरकारी बजारमा पुगी परीक्षण गरेको थियो ।

Advertisement:

Ad
Ad

 

उक्त परीक्षणमा ती सागसब्जीहरु खान अनुकुल रहेको विभागकी प्रवक्ता बालकुमारी शर्माले जनाएकी छिन् ।