२०८३ वैशाख ०४ गते
काठमाडौं । मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत ( सिईओ)मा तारा मानन्धरलाई नियुक्ति गरेको छ ।
उनलाई वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले ४ वर्षका लागि सिइओमा नियुक्त गरेको हो । प्रभु बैंकको डेपुटी सिइओ त्यसपछि साबिक कैलाश विकास बैंकको डेपुटी सिईओ हुँदै कैलाश बैंक प्राइममा मर्ज भएपछि कनिष्ठ पद दिएको भन्दै राजीनामा गरेका थिए ।
तारा मानन्धरले मुक्तिनाथ विकास बैंककै डेपुटी सीर्इओमा समेत उनले काम गरिसकेका छन् । साबिकको नेपाल बंगलादेश बैंकबाट बैंकिंग करियर सुरु गरेका मानन्धरसँग साबिकको एनसीसी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, साबिकको बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंकमा समेत काम गरेको अनुभव छ । उनी दुई वर्ष अघि डिसहोमको सिइओ बनेका थिए । फेरी उनी अब बैंकमा फर्किएका छन् ।
मानन्धर हालका सिईओ प्रद्युम्न पोखरेलको कार्यकाल सकिएपछि जेठ १ गतेबाट सिईओको रूपमा काम गर्ने छन् । बैंकिङ क्षेत्रको २५ वर्षको अनुभव रहेको मानन्धरको स्थायी घर स्याङ्जा हो भने हाल उनी काठमाडौँ टोखा बस्दै आएका छन् ।
प्रतिक्रिया