हट्यो सुन र सुनका गरगहनामा लगाइएको विलासिता शुल्क

२०८३ जेठ १५ गते

हट्यो सुन र सुनका गरगहनामा लगाइएको विलासिता शुल्क

काठमाडौं । सरकारले सुन र सुनका गरगहनामा लगाएको विलासिता शुल्क हटाएको छ ।

सरकारले गत आर्थिक वर्षमा संसदमा पेस गरेको आर्थिक विधेयक २०८२ मार्फत सुन र सुनका गरगहनामा २ प्रतिशत विलासिता शुल्क लगाउने व्यवस्था गरेको थियो ।

Advertisement:

Ad
Ad


शुक्रबार अर्थमन्त्री डा। स्वर्णीम वाग्लेले संसदमा पेस गरेको आर्थिक विधेयक मार्फत सुन तथा सुनका गरगहनामा लाग्ने विलासिता शुल्क हटाएका हुन् ।


गत आर्थिक वर्षमा सुन र सुनका गरगहनामा विलासिता शुल्क लगाउने व्यवस्था गरेपछि व्यवसायीले आन्दोलन गरेका थिए । सरकारले व्यवसायीसँग छलफल गरी विलासिता शुल्क असुल नगर्ने सहमति गर्दै २०८२ भदौमा मन्त्रिपरिषद्बाट निर्णय गरेर सुन तथा सुनका गरगहनामा लगाएको विलासिता शुल्क हटाउने निर्णय गर्यो ।

आर्थिक विधेयकमा सुन र सुनका गरगहनामा विलासिता शुल्क लाग्ने व्यवस्था गरे पनि व्यवसायीको आन्दोलनले उक्त शुल्क उठेन ।

भदौ २ गते सरकारले उक्त शुल्क हटाउने निर्णय गरे पनि भदौ २ अघिको शुल्क भने छुट दिनुपर्ने व्यवस्था आर्थिक विधेयकमा ल्याएको हो ।

‘कुनै व्यक्तिले २०८२ भदौ २ गतेभन्दा अघि कानून बमोजिम सुन तथा सुनको गरगहनामा लगाइएको विलासिता शुल्क र हीरा, जवाहरात, रत्न तथा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर सम्बन्धित बिक्रेताले बिक्रीमा संकलन नगरेको भएमा स्वतः मिनाहा हुनेछ र सोको विवरण समेत पेस गर्नुपर्ने छैन,’ आर्थिक विधेयकमा भनिएको छ ।