२०८२ चैत २७ गते
काठमाडौँ । व्यावसायिक घराना शंकर ग्रुपका सदस्य तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवालको हिरासत बसाइ पुनः लम्बिएको छ। बिचौलियासँगको साँठगाँठ,कालोबजारी जस्ता आर्थिक अनियमिततामा मुछिएका सुलभलाई अर्का व्यापारी दीपक भट्टसँगको केरकार लगत्तै पक्राउ गरिएको थियो । उनलाई प्रशासनले थप ७ दिन हिरासतमै राख्न आदेश दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग जोडिएका वित्तीय कारोबारहरूको सुक्ष्म अध्ययन गरिरहेका छन्। अनुसन्धान नसकिएकै कारण अदालतले यसअघि दिइएको ५ दिनको म्याद सकिएलगत्तै पुनस् ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सुलभ अग्रवालका लागि हिरासतको अनुभव यो पहिलो भने होइन। सन् २०२० को कोभिड–१९ महामारीका बेला ज्वरो नाप्ने मेसिन ९थर्मल गन० मा कालोबजारी गरेको आरोपमा उनी रङ्गेहात पक्राउ परेका थिए। त्यसबेला करिब ३ हजार रुपैयाँ पर्ने मेसिन १५ हजार रुपैयाँसम्ममा बेचेको प्रमाण भेटिएपछि उनी निकै विवादमा तानिएका थिए।
प्रतिक्रिया