२०८३ साउन ०५ गते
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन् ।
शिक्षा मन्त्रालयमा मंगलबार अपराह्न ४ बजेका लागि निजी विद्यालय सञ्चालकहरूलाई बोलाइएको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ । बैठकमा शिक्षामा ३ प्रतिशत कर हटाइएको विषयसहित समसामयिक विषयमा छलफल हुने सचिवालयको भनाइ छ ।
छलफलमा प्याप्सन, एनप्याब्सन, हिसानसहितका निजी विद्यालय सञ्चालक प्रतिनिधिका ३/३ जना प्रतिनिधिलाई मन्त्रालयमा आउन भनिएको छ ।
प्रतिक्रिया