२०८३ जेठ १९ गते
काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा सुधार देखिएको छ । आज सेयरबजार परिसूचक नेप्से २२.२१ अंकले बढेर २ हजार ७७७.५८ विन्दुमा कायम भएको हो । आज शेयरबजारमा ३४६ कम्पनीका सेयर कारोबार भएका छन् ।
यी मध्ये १८४ कम्पनीका शेयर मूल्य बढेका छन् भने ७७ कम्पनीका शेयर मूल्यमा गिरावट आएको छ । आज कुल १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम सोमबारको तुलनामा ६ प्रतिशतले कमी हो ।
आज शेयर बजारमा सूचीकृत समूहमध्ये उत्पादनशील तथा प्रशोधन समूहको परिसूचक मात्रै ओरालो लागेको छ । अरु बाँकी सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै अन्य समूहका परिसूचक ३।८४ प्रतिशतले बढेको छ ।
कालिञ्चोक हाइड्रोपावर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी तथा केष्ट माइक्रोलाईफ इन्सुरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने नविल बैंकका डिवेञ्चरमा लगानीकर्ता, बुङगल हाइड्रो लिमिटेड तथा झापा इनर्जी लिमिटेडका सेयरधनी रहेका छन् ।
प्रतिक्रिया