नेप्से सामान्य गिरावटसहित बन्द

२०८३ असार ०४ गते

नेप्से सामान्य गिरावटसहित बन्द

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य गिरावटसहित बन्द भएको छ। अघिल्लो कारोबार दिन हरियाली देखिएको बजारमा बिहीबार भने पुनः दबाब परेको हो। यस दिन नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा कायम भएको छ। 

 

Advertisement:

Ad
Ad

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खुम्चिएको छ। ३४७ कम्पनीको ७७ लाख ४३ हजार कित्ता शेयर ४१ हजार १०४ पटक किनबेच हुँदा कुल ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार भने ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। यस दिन एपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १२.५ प्रतिशतभन्दा बढी बढ्दा बुंगल हाइड्रोको मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। मूल्य घट्ने कम्पनीहरूको गिरावट भने ६ प्रतिशतभित्र सीमित रहेको छ।

 

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढी तथा सिईडिबी होल्डिङ्सको १४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।उपसमूहगत रूपमा १३ मध्ये ५ उपसमूह बढ्दा ८ उपसमूह घटेका छन्। बैंकिङ, वित्त, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहमा सामान्य सुधार देखिएको छ भने अन्य उपसमूह सबैभन्दा बढी ०.८६ प्रतिशतले घटेको छ।