एसईईको नतिजा हेर्न वेबसाइटको सूची सार्वजनिक,यसरी हेर्न सकिन्छ

२०८३ वैशाख २७ गते

एसईईको नतिजा हेर्न वेबसाइटको सूची सार्वजनिक,यसरी हेर्न सकिन्छ

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्राप्त गर्न सकिने माध्यमहरूको सूची सार्वजनिक गरेको छ।


एसइई नतिजा सार्वजनिक गर्ने तयारीसँगै कार्यालयले एक सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आइभिआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको जनाएको हो।

Advertisement:

Ad
Ad


कार्यालयका अनुसार विद्यार्थीहरूले मोबाइलमा एसएमएस पठाएर, आइभिआर सेवा प्रयोग गरेर तथा तोकिएका वेबसाइटहरूमा आफ्नो सिम्बोल नम्बर राखेर नतिजा हेर्न सक्नेछन्।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक हुने मिति र समय भने छिट्टै जानकारी गराइने जनाएको छ।